काबुलमा विद्युत् आपूर्तिमा समस्या : झण्डै ६ सय कम्पनी बन्द हुने अवस्थामा

 माघ २०, २०७८ बिहीबार ६:५३:५ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानको राजधानी काबुल सहरमा नियमित विद्युत् आपूर्ति नहुँदा झण्डै ६ सय कम्पनी बन्द हुने अवस्थामा पुगेका छन् ।

विद्युत् आपूर्तिको समस्या खेप्दै आएका ५ सय ८०  वटा भन्दा धेरै उद्योगको नियमित उत्पादन बन्द हुने अवस्था देखिएको हो ।

अफगानिस्तानको उद्योग तथा खानी विभागका अनुसार उद्योग नियमित सञ्चालन हुन नसक्दा झण्डै चार हजार ५ सय कामदारले रोजगारी गुमाउने भएका छन् ।

सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई ८ सय ५० मेगावाट विद्युत् आवश्यक रहेको उल्लेख गरेको थियो । तर छिमेकी देशबाट विद्युतको आयात घटेपछि सहज आपूर्ति हुन नसकेको समाचार संस्था एएनआईले जनाएको छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया