अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने

 माघ २०, २०७८ बिहिबार ८:४१:१५ | एजेन्सी
unn.prixa.net

अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै हप्ता युरोपमा थप दुई हजार सेना पठाउने तयारी गरेको पेन्टागनले जनाएको छ । उनीहरुलाई पोल्यान्ड र जर्मनीमा पठाइनेछ भने अहिले जर्मनीमा रहेका एक हजार सैनिक रोमानियामा खटिनेछन् ।

अमेरिकाको यो निर्णयलाई रुसले ‘विनासकारी कदम’ को संज्ञा दिएको बीबीसीले जनाएको छ । रुसले युक्रेन सीमा नजिक झण्डै एक लाख सैनिक तैनाथ गरेको अवस्थामा अमेरिकाले युरोपमा सेनाको सङ्ख्या बढाउन लागेको हो । अहिले खटाउने तयारीमा रहेका अमेरिकी सैनिकले युक्रेनमा अमेरिकी साझेदारको रक्षा सुनिश्चित गर्न काम गर्नेछन् । गएको महिना तयारी अवस्थामा राखेका साढे आठ हजार सैनिकबाहेक नै अमेरिकाले थप दुई हजार सेना युरोप पठाउन लागेको पेन्टागनले जनाएको छ ।

रुसका उप–विदेशमन्त्री अलेक्जेन्डर ग्रुस्कोले युरोपमा थप अमेरिकी सैनिकको तैनाथीले सैन्य तनाव बढाएको र राजनीतिक समस्या समाधानको दायरा साँघुरो पारेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ । रुसले युक्रेन नेटो गठबन्धनमा सामेल हुन खोजेको भन्दै त्यसको विरोध गर्दै आएको छ।

तस्बिर : अल्जजिरा

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया