अर्जेन्टिनामा मिसावटयुक्त कोकिन खाँदा १६ जनाको ज्यान गयाे

 माघ २०, २०७८ बिहीबार ११:३३:१७ | एजेन्सी
unn.prixa.net

अर्जेन्टिनामा मिसावट गरिएको कोकिन खाँदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।

राजधानी ब्युनेस एअर्स क्षेत्रमा मिसावटयुक्त कोकिन खाएका अरु ५० जना अस्पताल भर्ना भएका स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुसन्धानकर्ताले अवैध लागुऔषध कोकिनमा कुनै प्रकारको विषादी वा अरु लागुऔषध मिसाइएको हुनसक्ने अनुमान गरेका छन् ।

स्थानीय सुरक्षा अधिकारीले पछिल्लो २४ घण्टामा कोकिन किनेका प्रयोगकर्तालाई कोकिन फ्याँक्न आग्रह गरेका छन् ।

अहिलेसम्म घटनामा संलग्न भएको अर्थात मिसावट गरिएको कोकिन बेचेको अभियोगमा ९ जना पक्राउ परेका छन् ।

प्रहरीले लागुऔषध पनि बरामद गरेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया