गलवान उपत्यकामा चीनतर्फ धेरै क्षति भएकाे थियाे : रिपाेर्ट

 माघ २०, २०७८ बिहीबार १७:१०:१९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेर एक प्रतिवेदन सार्वजनिक भएको छ ।

समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार 'द कलेक्शन' ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको बताएको दाबी गरेको छ । ‘चीनको तर्फबाट चार सैनिकको ज्यान गएको बताइएको थियो तर योभन्दा नौ गुणा धेरै कम्तीमा ३८ चिनियाँ सैनिकको ज्यान गएको थियो’, प्रतिवेदनमा भनिएको छ । 

त्यो प्रतिवेदनमा शोधकर्ताहरू र चीनका ब्लगर्सलाई उद्धृत गर्दै सूचना दिइएको जनाइएको छ । सुरक्षाका कारण उनीहरूको नाम गोप्य राखेको बीबीसी हिन्दीले लेखेको छ ।

'गलवान डिकाेडेड' नामबाट छापिएकाे प्रतिवेदनमा केही भीभाे प्रयाेगकर्ता (चीनकाे माइक्राेब्लगिङ नेटवर्क) लाई उद्धृत गरिएकाे छ र त्यस दिन राति कम्तीमा ३५ चिनियाँ सैनिक गलवान नदीमा डुबेका उल्लेख गरिएकाे छ । 

गएको १५ जुनमा लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपलमा भारतका २० सैनिकको ज्यान गएको विवरण प्राप्त भएको थियो । चिनियाँ सेनातर्फ के–कति क्षति भएको थियो भन्नेबारेमा भने आधिकारिक विवरण आएको थिएन । त्यो घटनालाई भारत–चीन सीमामा पछिल्लो चार दशकमा भएको सबैभन्दा ठूले झडप भएको बताइएको थियो । 

त्यसयता अहिलेसम्म यी दुई देशबीच १४ चरणको सैन्य वार्ता भइसकेको छ तर अहिलेसम्म निष्कर्ष निस्किएको छैन । 

यस्तै प्रतिवेदनमा गलवानमा भएको घटनालाई लिएर चीनले तथ्यहरू लुकाएको र सम्झौताको पालना नगरेको उल्लेख छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया