हिमपातले जनजीवन कष्टकर : हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन

 माघ २१, २०७८ शुक्रबार ७:२२:३१ | रासस
unn.prixa.net

फाइल तस्बिर

हुम्ला - हिमपातले देशका विभिन्न ठाउँमा जनजीवन कष्टकर भएको छ ।

सुदूरपश्चिममा तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमा उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो ।

बैतडीका अनारखोली, सतबाँझ, मेलौलीलगायका क्षेत्र, डोटीको गैरा, डडेलधुराकाे भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।

हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

सतबाँझ क्षेत्रको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग बन्द भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । हिउँ पर्ने क्रम रोकिएको छैन ।  वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् ।

हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् । 

यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाई उडान प्रभावित भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ ।

सरकारी तथा गैरसरकारी कार्यालयको सेवा पनि प्रभावित बनेको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया