सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए

 माघ २१, २०७८ शुक्रबार ९:१०:४ | एजेन्सी
unn.prixa.net

उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट आईएस समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएका छन् ।

अमेरिकी कारबाहीका क्रममा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बीबीसीले जनाएको छ ।

अमेरिकी विशेष दलका सैनिकले अबु इब्राहिम लुकेको ठाउँमा घेरा हालेका थिए । त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको खबरमा उल्लेख छ । सिरियाको घटनास्थलमा पुग्ने सहायताकर्मीले कारबाही गरिएको ठाउँमा ६ जना बालबालिकासहित १३ जनाको हत्या भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कारबाहीका क्रममा नागरिकलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताउनुभएको छ । तर आईएसले अहिलेसम्म यो घटनाबारे विवरण सार्वजनिक गरेको छैन । इस्लामिक स्टेट समूहका नेता अबु बकर अल–बग्दादी मारिने गरी भएको कारबाहीपछि अमेरिकी सेनाको पश्चिमोत्तर सिरियामा भएको यो अहिलेसम्मको सबैभन्दा ठूलो सैन्य कारबाही भएको पनि खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया