झापामा जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति

 माघ २१, २०७८ शुक्रबार १०:४०:२६ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

झापा - झापाको मेचीनगरमा रहेकाे एक जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । 

मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा हिजाे आगलागी भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पाँच घण्टापछि मात्रै आगाे नियन्त्रणमा आएको थियो ।

उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । ११ वटा आगाे निभाउने यन्त्र प्रयाेग गरिएकाे प्रवक्ता पाठकले बताउनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिइएकाे थियाे । 
 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया