श्रीलङ्काका राष्ट्रपतिद्वारा १ सय ९७ कैदीलाई माफी

 माघ २१, २०७८ शुक्रबार २०:३१:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापक्षले एक सय ९७ कैदीलाई आम माफी दिनुभएको छ ।  

देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उहाँले एक सय ९७ कैदीलाई आम माफीको घोषणा गर्नुभएको हो ।

कारागारभित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुँदै गएकाहरूलाई बाँकी सजाय छुट गरिएको सरकारले जनाएको छ ।

व्यवहारमा सुधार भएकामध्ये पनि ६५ वर्ष उमेर पूरा गरेका, तोकिएको कुल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनाेट गरिएको हो ।

तर हत्या, लागुऔषध कारोबार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भने आम माफी नदिइने व्यवस्था छ ।

श्रीलङ्का सन् १९४८ को फेब्रुअरी ४ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यतिबेलादेखि श्रीलङ्कामा हरेक वर्षको फेब्रुअरी ४ का दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया