सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयाे

 माघ २२, २०७८ शनिबार ७:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।

भोक्राहा नरसिंह नगरपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा पर्ने खुनिया खोला पुलमा बस र ट्रक ठोक्किएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस ठोक्किएका हुन् । ट्रक र बस ठोक्किएपछि दुवैमा आगो लागेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा बसका चालक, ट्रकका चालक र बसमा रहेका एक जना रहेका र उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।     

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया