नेदरल्याण्डमा भेटियो एचआईभीको नयाँ भेरिएन्ट, पहिलेको भन्दा खतरनाक रहेको दाबी

 माघ २२, २०७८ शनिबार १४:१७:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ । नयाँ भेरिएन्ट भीबी पुरानो भन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पुर्‍याउने बेलायती सञ्चारमाध्यम डेलीमेलले जनाएको छ ।

नेदरल्याण्डमा मात्रै एक सय ९ जनामा नयाँ भेरिएन्ट देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनमा नेदरल्याण्डमा भेटिएको एचआईभीको नयाँ भेरिएन्ट निकै खतरनाक रहेको खबरमा उल्लेख छ । संक्रमितको रगतमा भाइरसको मात्रा पहिले भन्दा साढे तीनदेखि साढे पाँच प्रतिशतसम्म धेरै रहेको पाइएको र रोग प्रतिरोधात्मक क्षमता निकै गुमाएको पाइएको छ । तर उपचारपछि संक्रमितको अवस्थामा धेरै सुधार भइरहेको खबरमा उल्लेख छ ।

अक्सफोर्डका इपिडिमियोलोजिस्ट तथा अध्ययनको नेतृत्व गरेका क्रिस भायमेन्टले समाचार संस्था एएफपीलाई अन्तर्वार्ता दिँदै एचआईभीको नयाँ भेरिएन्टलाई लिएर धेरै चिन्तित हुनु नपर्ने बताउनुभएको छ । एचआईभीको औषधि खान छाडेका र बृद्ध मानिसमा यसले छिटो असर गर्ने उहाँको भनाइ छ । नयाँ भेरिएन्ट सन् १९८० मा नै उत्पन्न भएर सन् २०१० देखि घट्दै गएको र अहिले फेरि देखिएको हुनुसक्ने जनस्वास्थ्य वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया