ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै - पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र नागरिकको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ ।
केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको गएकाे मङ्सिर महिनामा मात्रै ४८ खर्ब ४५ अर्ब रुपैयाँभन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटीजीए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बैंकको विवरणअनुसार गएकाे आवको मङ्सिर महिनामा विद्युतीय कारोबार २३ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढीको थियो । कारोबार तथा भुक्तनीमा एटीएम, वालेट, मोबाइल बैंकिङ्ग, कनेक्ट आईपीएस, क्यूआर कोडमा आधारित भुक्तानी प्रणालीलगायत माध्यमको प्रयोग उल्लेख्य रुपमा बढेको छ ।
आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग उल्लेख्य रुपमा वृद्धि हुँदै गर्दा विभिन्न नाममा ठगी पनि बढ्दै गएको छ । चिठ्ठा परेको भन्ने प्रलोभन, मोबाइल एप्लिकेशनको दुरुपयोग, अपरिचित व्यक्तिबाट आफ्नो पासवर्ड तथा ओटीपी विभिन्न बहानामा माग गरिनु जस्ता क्रियाकलाप बढेको भन्दै नेपाल राष्ट्र बैंकले नागरिकलाई त्यसबारे सजग र सुरक्षित रहन सुझाव दिएको छ ।
केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा नागरिकका लागि सूचना जारी गर्दै विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा आपराधिक व्यक्ति तथा समूहले विभिन्न प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासा बढ्न थालेकाले विद्युतीय भुक्तानीमा विशेष ध्यान दिन प्रयोगकर्तालाई अनुरोध गरेको छ ।
अहिलेको समयमा सामाजिक सञ्जालमार्फत चिनेजानेका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ्ग अथवा मोबाइल बैकिङ्गको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाइ ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाइ रकम हस्तान्तरण गर्ने बहानामा उल्टै रकम माग गर्ने, गैरकानुनी उपकरणमा लगानी गर्न उत्प्रेरणा गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको भन्दै यस प्रकारका ठगीबाट बच्न र सुरक्षित कारोबार गर्न नागरिकलाई राष्ट्र बैंकले सूचनामार्फत ध्यानाकर्षण गरेको छ ।
केन्द्रीय बैंकले अपरिचित व्यक्तिलाई आफ्नो पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन, आफ्नो पासवर्ड समयसमयमा परिवर्तन गर्न तथा यस्ता पासवर्ड गोप्य राख्न भनेको छ । त्यस्तै नागरिकलाई अपरिचित व्यक्तिले सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाइ रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि त्यही व्यक्तिले रकम माग गरे नगरेको बेहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र त्यस्तो रकम पठाउन आग्रह गरेको छ।
त्यस्तै अनावश्यक तथा अनधिकृत एप्लिकेशन मोबाइल वा अन्य उपकरणमा डाउनलोड गर्दा आफ्ना संवेदनशील सूचनाहरु आपराधिक समूहले पत्ता लगाउन सक्ने भएकाले त्यस्ता अनावश्यक तथा अनधिकृत एप्लिकेशन प्रयोग नगर्न बैंकले सुझाएको छ । सामाजिक सञ्जाल लगायत प्रणालीको प्रयोग गरेर रकम भुक्तानी गर्ने बहानामा बारकोड तथा क्यूआर कोड पठाएर अथवा एप्लिकेशनको पासवर्ड आवश्यक छ भनेर माग गरेमा त्यस्ता कार्यलाई शङ्कास्पद मानेर सचेत रहन समेत राष्ट्र बैंकले सूचनामार्फत नागरिकलाई आग्रह गरेको छ ।
राष्ट्र बैंकले वेबसाइटमार्फत कारोबार गर्नुअघि आधिकारिक वेबसाइट हो वा होइन यकिन गरेर मात्र कारोबार गनुपर्नेमा जोड दिएको छ । आधिकारिक वेबसाइटको सुनिश्चितता पश्चातमात्र आर्थिक कारोबार गर्नुपर्नेमा बैंकले जोड दिएको छ । विभिन्न माध्यमबाट आर्थिक कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा त्यसबारे गुनासा रहेमा कारोबार गर्ने बैंक तथा वित्तीय संस्था एवम् राष्ट्र बैंकमासमेत सम्पर्क गरी गुनासो वा उजुरी दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।