वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन

 माघ २३, २०७८ आइतबार १०:२४:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतकी वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार सरस्वती पूजाकै दिन 'मल्टी अर्गान फेलर'का कारण मंगेसकरकाे निधन भएकाे भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उहाँको  उपचार थालिएको थियो ।

लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिनु भएको छ । उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिनु भएको छ ।

उहाँ फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँको जन्म सन् १९२९ मा भारतको  इन्दौरमा भएको थियो ।

 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया