लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा

 माघ २३, २०७८ आइतबार १४:१८:४८ | एजेन्सी
unn.prixa.net

वरिष्ठ गायिका लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा गरिएकाे छ । 

समाचार एजेन्सी एएनआईका अनुसार सरकारले मंगेशकरकाे निधनमा आइतवार र साेमवार दुई दिन राष्ट्रिय शाेक घाेषणा गरेकाे हाे । दुई दिन राष्ट्रिय झन्डा आधा झुकाइने बताइएकाे छ । 

यसका साथै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लता मंगेशकरकाे अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने घाेषणा गर्नुभएकाे छ । 

वरिष्ठ गायिका मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतवार सरस्वती पूजाकाे दिन 'मल्टी अर्गान फेलर' का कारण उहाँकाे निधन भएकाे हाे । उहाँकाे निधनप्रति भारतसहित विश्वका विभिन्न देशबाट श्रद्धाञ्जली दिने क्रम बढेकाे छ । 

लता मंगेशकरकाे अन्तिम संस्कार आज बेलुकी साढे ६ बजे मुम्बईकाे छत्रपति शिवाजी पार्कमा गरिनेछ । 

समाचार एजेन्सी एएनआईका अनुसार उहाँकाे पार्थिव शरीरलाई दिउँसाे साढे १२ बजे उहाँकाे घर प्रभु कुञ्ज लगिएकाे र त्यहाँ उहाँका परिवार, नातेदारसमेत अन्य व्यक्तिले उहाँकाे अन्तिम दर्शन गरेका थिए । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया