विरोध प्रदर्शन नरोकिएपछि क्यानडाको ओटावामा आपत्काल घोषणा

 माघ २४, २०७८ सोमबार ९:४४:३६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

विरोध प्रदर्शन नरोकिएपछि क्यानडाको राजधानी ओटावामा आपत्काल घोषणा गरिएको छ ।

ओटावाका मेयर जिम वाट्सनले कोभिड महामारीकाबीच राजधानी ओटावामा प्रदर्शन भइरहेको भन्दै नियन्त्रणका लागि आपत्काल घोषणा गरिएको बताउनु भएको छ ।

कोरोना विरुद्ध खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने लगायतका नियमप्रति असन्तुष्टि राख्दै ट्रक चालकहरुले केही दिनयता लगातार त्यहाँ प्रदर्शन गरिरहेका छन् ।

लगातारको प्रदर्शनले नागरिकको शान्ति सुरक्षामा खलल पुगेको भन्दै आपत्काल घोषणा गरिएको हो । आपत्कालको समयमा प्रदर्शन गर्न रोक लगाइएको छ ।

अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना विरुद्धको खोप अनिवार्य गरिएपछि चालकहरुले विरोध प्रदर्शन गरेका हुन् । 
 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया