उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ रकम चोरी गर्ने गरेको आरोप

 माघ २४, २०७८ सोमबार १२:५५:१० | एजेन्सी
unn.prixa.net

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ ।

संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको दाबी गरेको हो ।

सन् २०२० र २०२१ बीचको अवधिमा ह्याकरले ५ करोड डलरभन्दा बढी डिजिटल सम्पत्ति चोरी गरेको प्रतिवेदनले देखाएको बीबीसीले जनाएको छ । पछिल्लो समय यस्तै स्रोतबाट उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि रकम जुटाउने गरेको दाबी पनि गरिएको छ ।

उत्तर कोरियाले गर्ने गरेको ह्याकिङसम्बन्धी अध्ययन प्रतिवेदन गएको शुक्रवार राष्ट्रसङ्घीय नाकाबन्दी कमिटीलाई बुझाइएको छ । ह्याकरले अमेरिका, युरोप र एसियाका कम्तीमा तीन वटा क्रिप्टोकरेन्सीमाथि निसाना लगाउने गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया