शाहरुख खानले लता मंगेशकरलाई दिएकाे श्रद्धाञ्जलीलाई लिएर किन यति धेरै विवाद भइरहेकाे छ ?

 माघ २४, २०७८ सोमबार १५:३३:४० | एजेन्सी
unn.prixa.net

भारतकी वरिष्ठ गायिका लता मंगेशकरको अन्तिम संस्कारमा शद्धाञ्जली दिन पुगेका अभिनेता शाहरुख खानलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ । अभिनेता शाहरुख खानले त्यहाँ प्रार्थना गरेको शैलीलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) का एक पदाधिकारीले उठाएको प्रश्नको निकै आलोचना भइरहेको छ । 

हिजो आइतवार बेलुकी मुम्बईको शिवाजी पार्कमा लता मंगेशकरको अन्त्येष्टिअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका व्यक्तिहरूले पार्थिव शरीरको नजिक गएर प्रार्थना गरेका थिए । शाहरुख त्यहाँ आफ्नी सेक्रेटरी पूजना ददलानीसँगै पुगेका थिए । त्यहाँ शाहरुख खानले प्रार्थनाका लागि आफ्नो हात फैलाएका थिए, पूजा ददलानीले हात जोडेर लता मंगेशकरलाई श्रद्धाञ्जली दिइरहेकी थिइन् । 

शाहरुख खानले प्रार्थनाको अन्त्यमा तल झुकेर मास्क हटाउँदै पार्थिक शरीरतर्फ फुकेका थिए । यही विषयलाई लिएर गरिएको एक टिप्पणीले ट्विटरमा बहसको रूपको लियो । 

बीजेपी हरियाणाको आईटी सेलका प्रभारी अरुण यादवको ट्वीटले यस विवादलाई अझ बढायो । उहाँले श्रद्धाञ्जली दिइरहेका शाहरुख खानको भिडियो शेयर गर्दै लेख्नुभएको छ– के शाहरुख खानले थुकेका हुन् ?

उहाँले फुकेको कुरालाई थुकको नाम दिएर ट्वीट गर्दा मानिसहरूले शाहरुख खानलाई ट्रोल गर्न थाले । यता पूजा ददलानीको तस्बिरलाई भारतको असली तस्बिर भनेर तारिफ पनि भइरहेको छ । 

यो विवादमा अन्य चर्चित अनुहार पनि आएका छन् । शिवसेनाकी राज्य सभा सांसद प्रियंका चतुर्वेदीले ट्वीट गर्नुभएको छ, ‘केही व्यक्ति प्रार्थना गर्न लायक छैनन्, न दया को, उनीहरूलाई मात्र औषधिको आवश्यक छ, मनको विषलाई समाप्त गर्नका लागि ।’

कांग्रेस प्रवक्ता सुप्रिया श्रीनेत्रले पनि शाहरुखको पक्षमा ट्वीट गर्दै उनीमाथि प्रश्न उठाउनेलाई जवाफ दिनुभएको छ । 

उहाँले लेख्नुभएको छ, ‘तपाईँ दिवङ्गत आत्माको लागि गरिएको प्रार्थनालाई पनि घृणा फैलाउन प्रयोग गरिहनुभएको छ । हामी सबै सोचौँ, के हामी दृष्टतालाई जित्न दिन सक्छौँ ?’

यस विषयमा अन्य थुप्रै व्यक्तिहरूले पक्ष र विपक्षमा टिप्पणी गरेका छन् । 

मुसलमान समुदायमा यो एक आम परम्परा हो । कसैको निधन या कुनै अरू मौकामा पनि फुकेर प्रार्थना गरिन्छ । यसका साथै कसैको लामो आयु, जीवनमा सफलता र अन्य कुरामा पनि प्रार्थना गरिन्छ । प्रार्थना गरेपछि/पढेपछि पढ्ने व्यक्ति जसको लागि गरेको उनले नजिक गएर फुक्ने गर्दछन् । 

बीबीसी हिन्दीबाट

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ditendra Tamang

    Feb. 7, 2022, 3:49 p.m.

    Good news

  •  0 Reply

तपाईको प्रतिक्रिया