सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय : संयुक्त राष्ट्र सङ्घ

 माघ २५, २०७८ मंगलबार ७:१६:१४ | एजेन्सी
unn.prixa.net

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र सङ्घीय बालकोष यूनिसेफले सिरियाको उत्तरपूर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफूहरु तयार रहेको पनि जनाएको छ । साथै त्यसका लागि वातावरण मिलाइदिन पनि अपिल गरेको छ ।

यूनिसेफका प्रतिनिधिले हालै बालबालिकालाई राखिएका कारागारको भ्रमण गरी उनीहरुको अवस्थाबारे संयुक्त राष्ट्र सङ्घलाई जानकारी गराएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया