‘महाभारतका भीम’ प्रवीण कुमारकाे निधन

 माघ २५, २०७८ मंगलबार १३:३६:३७ | एजेन्सी
unn.prixa.net

भारतकाे दूरदर्शन च्यानलमा प्रसारित बीआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका गर्ने अभिनेता प्रवीण कुमार साेबतीको निधनको भएको छ । उनी ७४ वर्षका थिए । 

महाभारत धारावाहिकका साथै उनले अन्य धारावाहिक र बलिवुड चलचित्रमा पनि अभिनय गरेका थिए । अग्लाे र बलियाे शारीरिक बनावटकाे कारण प्रवीण कुमारलाई महाभारतमा भीमकाे भूमिका प्रस्ताव गरिएकाे थियाे । 

उनको निधनमा महाभारतमा युधिष्ठिरको भूमिका गर्ने गजेन्द्र चौहनले ट्विटरमा शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘आज बिहानै एउटा दुःखद समाचार प्राप्त भयो । मेरा महाभारतका भाइ प्रवीण कुमार हामी सबैलाई छोडेर अनन्त यात्रामा गएका छन् । विश्वास नै भएको छैन । तपाईँ सधैँ हाम्रो यादमा रहनु हुनेछ ।’

उनले एसियाली र कमनवेल्थ गेम्समा गएर पदक पनि जितेका थिए । उनले दुई पटक ओलम्पिकमा भारतकाे प्रतिनिधित्व गरे पनि केही वर्षयता उनले आर्थिक अभावकाे सामना गर्नुभएकाे थियाे । यसकाे अवस्थामा उनकाे सहयाेगका लागि सरकारसँग गुहार नै गर्नुपरेकाे थियाे । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया