डाबर नेपालले झन्डै १० अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति पायो

 माघ २५, २०७८ मंगलबार १३:५३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डाबर नेपालले झन्डै १० अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति पाएको छ । लगानी बोर्डको आज मङ्गलवार बसेको बोर्ड बैठकले बहुराष्ट्रिय कम्पनी डाबरबाट डाबर नेपालमा थप नौ अर्ब ६८ करोड रुपैयाँ भित्र्याउन अनुमति दिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले उज्यालोलाई जानकारी दिनुभयो । 

‘डाबरले नेपालमा क्षमता विस्तार गर्न र उत्पादनमा विविधता थप्न लगानी बढाउने अनुमति मागेको थियो, आजको बैठकले स्वीकृत गरेको छ, यो खुसीकै विषय हो’, सीईओ भट्टले भन्नुभयो ।

डाबरले गएको वैशाखमै नेपालमा थप लगानी भित्र्याउन अनुमति मागे पनि बोर्ड बैठक बस्न ढिलाइ हुँदा स्वीकृति हुन सकेको थिएन । डाबर नेपालले विभिन्न जुस, क्रिम, ग्लुकोज, स्याम्पु, मह लगायतका वस्तु उत्पादन गर्दै आएको छ । डाबरले वार्षिक झन्डै एक अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात पनि गर्दै आएको छ ।

डाबर नेपालको नाफा वार्षिक ५० करोड रुपैयाँको हाराहारीमा रहेको छ । डाबरमा ९७ दशमलव पाँच प्रतिशत भारतीय र साढे दुई प्रतिशत लगानी नेपाली व्यवसायीको छ । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया