सबै काम 'फास्ट ट्र्याक' बाट गर्नुपर्दा चुनाव खर्च बढ्छ : निर्वाचन आयाेग

 माघ २५, २०७८ मंगलबार १८:५१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे स्थानीय तहको चुनावमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । आज मङ्गलवारकाे कुराकानीमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको चुनावकाे तुलनामा आउँदाे वैशाख ३० गते गरिने स्थानीय तहको चुनावमा खर्च बढ्ने बताउनुभएको हो । 

आयोगले चुनाव प्रयोजनका लागि एक सय २० दिन पाउनुपर्नेमा अब मात्र ९०/९५ दिन मात्रै आयोगसँग भएकाले सबै काम 'फास्ट ट्र्याक' बाट गर्नुपर्दा खर्च बढ्ने उहाँले बताउनुभयो । सामान खरिदका लागि लामो समय राखेर प्रतिस्पर्धा गराउन नसक्दा, आयोगको कर्मचारीले नपुगेर बाहिरबाट कर्मचारी ल्याउनुपर्ने अवस्था लगायतका कारणले चुनावमा खर्च बढ्ने भएको उहाँले उल्लेख गर्नुभयो । 

प्रवक्ता पाैडेलले भन्नुभयो, ‘समयकाे दबाब भएको कारणले फास्ट ट्र्याकमा काम गर्नुपर्दा खर्च बढ्छ । प्रतिस्पर्धा नभइसकेपछि मूल्य उच्च हुने सम्भावना छ । त्यस्तै अहिले हामीसँग भएका कर्मचारीले नपुगेर बाहिरबाट ल्याउनुपर्ने हुन सक्छ । यसले गर्दा एक सय २० दिनमा गर्दा लाग्ने खर्च अहिले दिइएको ९०/९५ दिनमा चुनाव गर्दा त्याेभन्दा बढी खर्च लाग्ने देखिन्छ ।’

आयोगले ताेकिएकै समयमा चुनाव गर्न सक्ने बताएको छ । प्रवक्ता पौडेलले आयोगले सबै लेखाजोखा गरेर नै सय दिनको आसपासमा चुनाव गर्न सकिने गरी प्रधानमन्त्री समक्ष मिति प्रस्ताव गरिएको बताउनुभयो । उहाँले चुनावका लागि जनशक्तिको समस्या नभएको बताउँदै चुनावसम्बन्धी कानुनी व्यवस्थाका आधारमा विभिन्न निकायबाट कर्मचारी परिचालन गर्न सकिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया