बेलायती विशेष फौजका सय भन्दा धेरै सदस्य युक्रेन पुगे

 माघ २६, २०७८ बुधबार ६:४०:५८ | एजेन्सी
unn.prixa.net

बेलायती विशेष फौजका सय भन्दा धेरै सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको बेलायती अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।

रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विशेष फौजका सदस्यहरु पनि त्यहाँ पुगेका हुन् । युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट आफुहरूले सय जनाभन्दा धेरै सुरक्षाकर्मी प्राप्त गरेको पुष्टि गरेका खबरमा उल्लेख छ ।

रुस, युक्रेन र पश्चिमा देशबीचको तनाब झण्डै ८ वर्षअघिदेखि नै देखिएको हो । त्यतिबेला रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेको थियो । रुसले पूर्वी डोनबस क्षेत्रमा विद्रोही समूहलाई सघाइरहेको आरोप पश्चिमी देशहरुले लगाएका छन् । तर रूसले यसलाई अस्वीकार गर्दै आएको छ । त्यही क्षेत्रमा रुसले अहिले एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया