युक्रेनको सीमा सङ्कटः अवस्था थप नबिग्रने गरी रुसका राष्ट्रपतिले आश्वस्त पारेको फ्रान्सको प्रतिक्रिया

 माघ २६, २०७८ बुधबार १०:५६:३१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सुरक्षा फौजले युक्रेनतर्फको सीमामा सङ्कट नबढाउनेमा आफूलाई आश्वस्त पारेको फ्रान्सका राष्ट्रपति एमानुअल म्याक्रोले बताउनुभएको छ । 

फ्रान्सका राष्ट्रपति म्याक्रो कूटनीतिक भ्रमणका क्रममा सोमबार मस्को पुगेर पुटिनसँग भेटवार्ता गरी युक्रेनको राजधानी किएभ पुग्नुभएको थियो । 

युक्रेनी नेतालाई भेट्नुअघि म्याक्रोले सीमामा अवस्था थप नबिग्रने रुसी राष्ट्रपतिले सुनिश्चितता सुरक्षित गरेको प्रतिक्रिया दिनुभएको छ । 

यसैबीच युरोपेली सङ्घका विदेशनीति प्रमुख जोसेफ बोरेलले म्याक्रोको रुस भ्रमणले मुठभेड रोक्न सक्ने केही सम्झौताको विन्दु देखाएको बताउनुभएको छ । क्रेमलिनका प्रवक्ताले म्याक्रोसँग कुनै सम्झौता नभएको तर तनाव घटाउन गम्भीर कदम चाल्न सकिने बताएका बीबीसीले जनाएको छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया