चुनाव लक्षित बजेटबारे गृह मन्त्री र अर्थ मन्त्रीबीच छलफल

 माघ २६, २०७८ बुधबार १५:३८:३४ | रासस
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाण र अर्थ मन्त्री जनार्दन शर्माबीच चुनाव लक्षित बजेटबारे छलफल भएको छ । 

गृह मन्त्रालयमा आज बुधवार भएको छलफलमा चुनाव लक्षित बजेटमा पनि विशेष गरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो । 

सहसचिव भुसालका अनुसार अब गृह मन्त्रालयले भाेलि बिहीवारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ । 

छलफलमा गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौलालगायतको सहभागिता थियो । गृह मन्त्री खाणले चुनावकाे कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन अर्थ मन्त्री शर्मासँग छलफल गर्नुभएको हो ।

अर्थ मन्त्री शर्माले चुनावमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक र गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गर्नुभएको थियो । 

गृह मन्त्री खाणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको र नभइ नहुने विषयवस्तुबारे अवगत गराइने जानकारी दिनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले चुनावमा खटिनका लागि सवारीसाधन र बन्दोबस्तीका सामान माग गरेपछि गृह मन्त्री खाणले अर्थ मन्त्रीसँग छलफल गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया