विश्वमा कुल जनसङ्ख्याको आधा मानिसले कोरोनाविरुद्धको खोप लगाए

 माघ २७, २०७८ बिहिबार ७:८:३३ | एजेन्सी
unn.prixa.net

युरोपेली स्वास्थ्य आयुक्तले विश्वको कुल जनसङ्ख्याको आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको दाबी गर्नुभएको छ ।

स्वास्थ्य र खाद्यका लागि युरोपेली युनियनका आयुक्त स्टिला काइरियाकिड्सले विश्वको जनसङ्ख्यामध्ये आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको र यसलाई बढाउन अझै कोसिस गर्नुपर्ने बताएको समाचार संस्था एएनआईले जनाएको छ । उहाँले कोरोनाविरुद्धको खोपको लागि अझै विश्वव्यापी अभियान जरुरी रहेको पनि बताउनुभएको छ ।

युरोपेली युनियनले विश्वभरका एक सय ६५ देशलाई एक अर्ब ७० करोड मात्रा खोप उपलब्ध गराएको बताउँदै आयुक्त काइरियाकिड्सले यो मात्रा अझै पर्याप्त नभएको र थप पहल जरुरी रहेको उल्लेख गर्नुभएको खबरमा उल्लेख छ ।

खोप लगाउनेको सङ्ख्या निकै कम रहेको अफ्रिकामा युरोपेली युनियनले खोपको प्याकेज उपलब्ध गराउन लागेको जानकारी दिँदै उहाँले युरोपेली देशहरुले कोभ्याक्स सुविधालाई अझै बढाउने पनि बताउनुभएको छ।

गएको डिसेम्बरमा युरोपियन युनियनले आउँदो जुन महिनासम्म विश्वका ७० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने लक्ष्य रहेको उल्लेख गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया