सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । अमेरिकी परियाेजना 'मिलेनियम च्यालेन्ज कर्पोरेशन' (एमसीसी) संसदबाट पारित गर्नुपर्ने विषयमा प्रमुख दलहरूबीच बहस भइरहेकाे छ ।
यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को गएकाे सोमवारको बैठकले आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेपछि त्यसको तयारीबारे सत्ता गठबन्धनका दलहरूबीच विभिन्न चरणमा छलफल पनि भइरहेकाे छ ।
आजै बिहान कांग्रेस नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग उहाँकै निवासमा भेटेर एमसीसी, स्थानीय तहको चुनावलगायत विषयमा कुरा गर्नुभएको नेता कोइरालाको सचिवालयले जनाएको छ ।