कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

 माघ २९, २०७८ शनिबार ९:२१:४० | रासस
unn.prixa.net

फाइल तस्बिर

मुस्ताङ - कालीगण्डकी करिडोरको बेनी–जोमसोम–थासाङ खण्ड भाेलिदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण  याे सडक खण्ड बिहान १० देखि दिउँसो २ बजेसम्म बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरिएको हो । 

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र सडक हो । थासाङ गाउँपालिका–४ मा रहेको काभ्रे र बादरजुङ भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउने योजना छ ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया