अमेरिकाले पाेल्यान्डमा थप तीन हजार सैनिक पठाउने, पुटिन र बाइडेनबीच फोन वार्ताको तयारी

 माघ २९, २०७८ शनिबार ११:२२:५९ | एजेन्सी
unn.prixa.net

अमेरिकाले पाेल्यान्डमा थप तीन हजार सैनिक पठाउने भएको छ । रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले थप सुरक्षा बल खटाउन लागेको हो।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पाेल्यान्डमा थप तीन हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको समाचार संस्था एएनआईले जनाएको छ । उनीहरु अबका दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको सुरुमा खटाइएको ठाउँमा पुग्नेछन् ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी कदम सुरक्षा मामिलामा पहिलेभन्दा थप उग्र भएको टिप्पणी गर्नुभएको छ। साथै उहाँले पश्चिमा देशले गलत सूचना फैलाएको आरोप पनि लगाउनुभएको छ । अमेरिकाले यसअघि आफ्ना नागरिकलाई युक्रेन छाड्न अनुरोध गरिसकेको छ ।

बेलायत, क्यानडा, नेदरल्यान्ड्स, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका बीबीसीले उल्लेख गरेको छ। रुसले उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोमा युक्रेन सामेल हुन नपाउने विषय सुनिश्चित गर्न माग गर्दै आएको छ।

विश्वका दुई शाक्ति राष्ट्र रुस र अमेरिका बीच लामो समयदेखि शीतयुद्ध रहेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच छिट्टै फोन वार्ता हुनसक्ने पनि खबरमा उल्लेख छ।

तस्बिर : द न्युयाेर्क टाइम्स
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया