पुटिन र बाइडेनबीच फोनवार्ता : युक्रेनमा आक्रमण गरे ‘निर्णायक’ जवाफ दिने बाइडेनको चेतावनी

 फागुन १, २०७८ आइतबार ६:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनवार्ता भएको छ । युक्रेनको विषयलाई लिएर दुई देशका प्रमुखबीच एक घण्टा लामो कुराकानी भएको हो ।

कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै कुटनीतिक रुपमा समाधान खोज्न अमेरिका तयार रहेको पनि बाइडेनले बताउनुभएको छ ।

तर क्रेमलिनले फोनवार्तालाई सकारात्मक रुपमै लिएको जनाएको छ । अमेरिकी अधिकारीहरूले पुटिनको अन्तिम मनसायबारे आफूहरु प्रष्ट हुन नसकेको बताएका छन् ।

फोनवार्तापछि अमेरिकी वरिष्ठ प्रशासन अधिकारीले रूसले सैन्य कारबाहीमा अगाडि बढ्न सक्ने स्पष्ट सम्भावना रहेको र त्यो दृष्टिकोणमा कुनै आधारभूत परिवर्तन नभएको प्रतिक्रिया दिएका छन् । रुसले युक्रेन सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेपछि विवाद बढेको हो ।
 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • कमल प्रजा

    Feb. 13, 2022, 11:56 a.m.

    छलफल गरेर समाधान निकाल्नु पर्छ । अमेरिकाले धेरै डाडागिरी देखाउनु भएन । विश्वमा शान्ती कायम हुन जरुरी छ नत्र तेस्रो विश्व युद्दको पक्कै सुरुवात हुन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया