‘भ्यु टावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

 फागुन १, २०७८ आइतबार ११:४:५ | रासस
unn.prixa.net

काठमाण्डाै - दृश्यावलोकन स्तम्भ ‘भ्यु टावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन् । 

त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एसाेसिएशनद्वारा आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक छलफलमा सहभागी विज्ञहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवर्द्धनका अन्य क्षेत्रमा  लगाउन पालिकालाई आग्रहसमेत गर्नुभयो ।  

निजी क्षेत्रसँग समन्वय गरी प्रदेश र पालिकामा रहेको बजेटमार्फत पर्यटन क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माण गर्न सकिने उहाँहरुको भनाइ थियो । उहाँहरूले नेपालमा पर्यटन विषय अध्यापन गराउन दर्जनौँ शिक्षण संस्था सञ्चालनमा रहे पनि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको, त्रिवि र अन्य शिक्षण संस्थाले दिने प्रमाणपत्र र बजारको मागका बीचमा ठूलो खाडल रहेको पनि औँल्याउनुभयो । 

पर्यटन क्षेत्रमा नयाँ–नयाँ सीपयुक्त जनशक्ति आवश्यक पर्नेमा त्यसअनुसारका जनशक्ति उत्पादन हुन नसकेको र यस सम्बन्धमा शिक्षण संस्था र पर्यटन व्यवसायीबीच छलफलसमेत हुन नसकेको भनाइ उहाँहरूको थियो ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रमा नयाँ–नयाँ अवधारणा आइरहे पनि त्यसअनुसारको नीति र कोभिड पछाडि पर्यटन क्षेत्रलाई अगाडि बढाउने नयाँ रणनीतिका बारेमा समेत छलफल नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,'महामारीले पर्यटन क्षेत्रलाई पारेको असरलाई माथि उठाउन सबैको ध्यान जानुपर्छ । सरकारले विशेषरूपमा निजी क्षेत्रलाई सहुलियत प्रदान गरी थप लगानीमैत्री वातावरण तयार गर्दै जानुपर्छ ।'

पर्यटन मन्त्रालयका पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले सरकारले कोभिडका कारण रुग्ण बनेका पर्यटन क्षेत्रका उद्योगका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,'आर्थिक समृद्धिको आधार नै पर्यटन क्षेत्र भएकाले यसलाई माथि उठान विशेष नीतिका साथ कार्यक्रम ल्याउन जरुरी छ ।'

प्रा डा रिदिश पोखरेलले वैदशिक मुद्रा आर्जनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने सम्बन्धमा राज्यले पर्याप्त लगानी नगरेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया