रुसले आक्रमण गर्ने चिन्ताका कारण युक्रेनबाट आफ्ना नागरिक फिर्ता गराउने देशको सङ्ख्या बढ्दै

 फागुन १, २०७८ आइतबार १६:४२:२८ | एजेन्सी
unn.prixa.net

रुसले युक्रेनमा आक्रमण गर्ने चिन्ताका कारण १२ भन्दा धेरै देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् । 

अमेरिका, अस्ट्रेलिया, इटली, इजरायल, जर्मनी, नेदरल्यान्ड्स, जापान, इराक लगायतका देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका बीबीसीले जनाएको छ । 

रुसले पनि युक्रेनमा रहेका आफ्ना कुटनीतिक कर्मचारीलाई फिर्ता बेलाएको छ । रुसले युक्रेनसँगको सीमा नजिकै एक लाखभन्दा धेरै सङ्ख्या सेना तैनाथ गरेको छ । तर उसले आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले कुनै पनि समय युक्रेनमाथि आक्रमण सुरु हुन सक्ने चेतावनी दिएको छ । हिजो शनिवार भएको फोनवार्तामा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई आतिक्रमणको कुनै पनि मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणको चेतावनीले युक्रेनमा त्रास बढेको बताउँदै आउनुभएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया