नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीकातर्फबाट बहस ...
जेठ २४, २०८० बुधबार
ताप्लेजुङ - मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
भारी हिमपात र प्रतिकूल मौसमका कारण याे विमानस्थलमा दुई हप्तादेखि हवाई उडान हुन सकेको थिएन ।
मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बुले जानकारी दिनुभयो ।
निगमका जहाजमार्फत काठमाण्डौबाट १४ यात्रु ताप्लेजुङ आइपुगेका छन्, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाण्डौ पुगेको उहाँ बताउनुभयो ।
विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो ।
निगमले याे विमानस्थल हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार गरी उडान भर्दै आएको छ ।