आयरल्यान्डसँगकाे खेलमा नेपालकाे ब्याटिङ चलेन, १६ रनले पराजित

 फागुन २, २०७८ सोमबार १९:२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आज साेमवार भएकाे अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएकाे छ । आयरल्यान्डले दिएकाे एक सय २८ रनकाे सामान्य लक्ष्य पछ्याएकाे नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ११ रनमा सीमित भएकाे हाे ।  

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले २३ रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ आयरल्यान्डका मार्क ऐडर, सिमी सिंह, बेरी म्याककार्थी र एन्डी म्याकब्रेनले दुई–दुई विकेट लिए ।

यसअघि अल अमिरातमा टस हारेर ब्याटिङ गरेकाे आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायाे । आयरल्यान्डका लागि जर्ज डाेकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । यस्तै अभिनाश बाेहराले दुई विकेट लिँदा कमल ऐरी, जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । 

याे शृङ्खलामा नेपालले तीन वटा खेल खेलेकाेमा दुई खेलमा पराजित भएकाे छ । ओमानलाई हराएकाे नेपाल यूएई र आयरल्यान्डसँग पराजित भयाे । 

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला भएकाे हाे । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कपकाे ग्लाेबल छनोटको पूर्ण तयारीका रूपमा लिएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया