ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले संयुक्त अरब इमिरेट्स यूएईको भ्रमण गर्नुभएको छ ।
झण्डै एक दशकपछि टर्कीका राष्ट्रपतिले यूएई भ्रमण गरेकाले यो भ्रमणलाई निक्कै महत्त्वका साथ हेरिएको छ ।
दुई दिने भ्रमणका क्रममा राष्ट्रपति एर्दोगानले अरब क्षेत्रका विभिन्न विषयसँगै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा छलफल गर्ने समाचार संस्था एएफपीले जनाएको छ ।
अहिलेको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ राम्रो बनाउन ठूलो सहयोग हुने विश्वास लिएको र दुई देशको सम्बन्धमा नयाँ युग सुरु हुने राष्ट्रपति एर्दोगानले बताउनुभएको छ ।
टर्कीको उच्चस्तरीय सरकारी टोलीले यसअघि सन् २०१३ मा यूएईको भ्रमण गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।