क्यानडाका प्रधानमन्त्रीद्वारा दुर्लभ आदेश जारी, प्रदर्शनकारीहरूकाे बैंक खाता 'फ्रिज' हुन सक्ने

 फागुन ३, २०७८ मंगलबार १९:४८:२१ | एजेन्सी
unn.prixa.net

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश जारी गर्नुभएको छ । (काेभिड–१९) कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरेको विरोधमा ट्रक चालकहरूले गरेको आन्दोलन रोक्न सङ्कटकाल घोषणा गरेको भए पनि त्यो प्रभावकारी नभएपछि प्रधानमन्त्री ट्रुडोले सङ्कटकालसहितको विशेष आदेश जारी गर्नुभएको बीबीसीले जनाएको छ । 

यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेको सहित दुई पटक मात्र जारी गरिएको छ । यो आदेशअनुसार आन्दोलनमा सहभागीहरूको बैंक खाता फ्रिज समेत गर्न सकिन्छ । अदालतको आदेशविनै प्रदर्शनकारीहरूलाई जेल र जरिबाना गर्न सक्ने आदेश अस्थायी रहेको र विशिष्ट रूपमा प्रयोग हुने प्रधानमन्त्री ट्रुडोले पत्रकार सम्मेलनमा बताउनुभएको बीबीसीले जनाएको छ ।

क्यानडाको राजधानीमा हजारौँ प्रदर्शनकारी बसिरहेका छन् । ट्रक चालकहरुको आन्दोलनका कारण राजधानीको जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ ।

नयाँ आदेशसँगै प्रदर्शन मत्थर हुने क्यानडा सरकारले अपेक्षा गरेको बीबीसीले जनाएको छ । सुरक्षा फौजले अमेरिका सीमा क्षेत्रमा ट्रकसहित बसेका प्रदर्शनकारीहरूलाई भने हटाइसकेको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया