सबै तेल बग्दाद पठाउन कुर्दिस्तानलाई इराकी सर्वोच्च अदालतको आदेश : तनाव फेरि बल्झिने संकेत

 फागुन ४, २०७८ बुधबार ११:१:३८ | एजेन्सी
unn.prixa.net

इराकको सर्वोच्च अदालतले स्वायत्त कुर्दिस्तान क्षेत्रलाई त्यहाँ उत्पादित सबै तेल राजधानी बग्दादको संघीय सरकारलाई बुझाउनुपर्ने आदेश दिएको छ । यो आदेशसँगै कुर्दिस्तान र संघीय सरकारबिचको तनाव पुनः बल्झिन सक्ने देखिएको छ । 

संघीय सर्वोच्च अदालतको फैसलामा कुर्दिस्तान क्षेत्रीय सरकारले संघीय सरकारलाई ‘कुर्दिस्तान तेल क्षेत्रको सम्पूर्ण उत्पादन’ आपूर्ति गर्ने उल्लेख छ । तर बग्दादको कुर्द पेट्रोलको हिस्साबारे वर्षौँको विवादलाई ध्यानमा राख्दै कुर्दिश अधिकारीले यो फैसला पालन गर्ने सम्भावना कम छ । 

पेट्रोलियम निर्यातक देशहरूको संगठन ओपेकमा इराक दोस्रो सबैभन्दा ठूलो उत्पादक हो । इराकको ९० प्रतिशतभन्दा बढी आय देशले प्रति दिन झण्डै ३ दशमलव ५ मिलियन ब्यारेल निर्यात गरेको तेल तथा प्राकृतिक इन्धनमा आधारित रहेको छ । 

अदालतको फैसलाले पनि कुर्दिश अधिकारीलाई ‘तेल र ग्यासको निर्यात र बिक्रीका लागि कुर्दिस्तानले गरेका सबै तेल सम्झौताहरूको पुनरावलोकन गर्न’ भनेको समाचार संस्था एएफपीले जनाएको छ ।  

इराकको संघीय सरकारले लामो समयदेखि देशका सबै तेल निर्यातलाई बग्दाद भएर कारोबार गर्न आह्वान गर्दै आएको छ । बग्दाद र कुर्दिशको राजधानी अर्बिलबीच गरिएको सम्झौता अनुसार, संघीय बजेटले व्यवस्था गर्ने आफ्नो हिस्साको बदलामा कुर्दिश क्षेत्रले प्रतिदिन उत्पादन गर्ने चार लाख ब्यारेलभन्दा बढी तेलमध्ये दुई लाख ५० हजार ब्यारेल बग्दादलाई दिँदै आएको छ । यो हिस्सा कुर्दिश निजामती कर्मचारी र सुरक्षा क्षेत्रमा तलबका लागि प्रयोग गरिन्छ । 

सन् १९९१ देखि स्वायत्त रहेको कुर्दिस्तान क्षेत्रले सन् २०१७ मा स्वतन्त्रताको बारेमा जनमत संग्रह गरेको थियो । जसले संघीय सरकारसँग तनाव उत्पन्न गरेको थियो ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया