प्रदूषणका कारण बर्सेनि झन्डै ९० लाख जनाको ज्यान जाने गरेको प्रतिवेदन सार्वजनिक

 फागुन ४, २०७८ बुधबार १५:१०:२९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

प्रदूषणका कारण विश्वमा बर्सेनि झन्डै ९० लाख मानिसको ज्यान जाने गरेको संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनले देखाएको छ । 

हिजाे मङ्गलवार प्रकाशित प्रतिवेदनमा प्रदूषण नियन्त्रणका लागि तत्काल प्रभावकारी काम नगरेमा निटक भविष्यमै ठूलो क्षति बेहोर्नुपर्ने उल्लेख रहेको रोयटर्सले जनाएको छ । रोयटर्ससँगको कुराकानीमा प्रतिवेदनका लेखक डेभिड बायडले प्रदूषण र विषाक्त पदार्थहरूले निम्त्याउने जोखिम व्यवस्थापन गर्ने अहिलेका प्रयासहरू असफल भइरहेका र यसले स्वच्छ, स्वस्थ र दिगो वातावरणसम्बन्धी मानव अधिकारको चौतर्फी उल्लङ्घन भइरहेको बताउनुभएको छ । 

प्रतिवेदनमा प्रदूषणका कारण हुने मृत्यु कोरोना सङ्क्रमणका कारण हुने भन्दा बढी रहेको पनि उल्लेख छ । कोरोना सुरु भएको दुई वर्षमा साढे ५८ लाख जनाभन्दा धेरैको ज्यान गएको छ भने प्रदूषणका कारण एक वर्षमै ९० लाख जनाको ज्यान जाने गरेको प्रतिवेदनमा भनिएको छ । 

यस्तै विषाक्त रसायनका कारण ठूलो सङ्ख्याका मानिसले स्वास्थ्यमा गम्भीर समस्या झेलिरहेका पनि प्रतिवेदनमा उल्लेख छ । विभिन्न देश तथा कम्पनीहरूले उत्सर्जन गरेका विषादी, प्लास्टिक तथा विद्युतीय फोहरका कारण बढी समस्या आएको छ । यस्ता फोहोरका विषयलाई धेरै हदसम्म बेवास्ता गरिएको पनि अध्ययनमा बताइएको छ । 

राष्ट्र सङ्घीय मानव अधिकार परिषद् (यूएनएचसीआर) ले आफ्नो वेबसाइटमा प्रतिवेदनको मस्यौदा राखेको छ । यूएनएचसीआरले स्वच्छ वायु र पानीलाई मानिसहरूको एउटा अधिकार भएको घोषणा गरेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया