भारतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा ८ गुणासम्म धेरै : अध्ययन

 फागुन ५, २०७८ बिहीबार १३:५५:३१ | एजेन्सी
unn.prixa.net

भारतमा काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सरकारले सार्वजनिक गरेको भन्दा आठ गुणासम्म धेरै रहेको एक अध्ययनले देखाएको छ ।

भारत सरकारले कोरोनाको दोस्रो लहर अर्थात् गएकाे वर्षको नोभेम्बरसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख ६० हजार जना भएको दाबी गरेको थियो । तर गएको नोभेम्बरसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० लाख २० हजारदेखि ३० लाख ७० हजार जनाको बीचमा रहेको फ्रान्सको एक शैक्षिक संस्थाका जनसङ्ख्याविद् क्रिस्टाेफ गुइलमोटोको अध्ययनलाई उद्धृत गर्दै 'द टेलिग्राफ' ले जनाएको छ ।

यसअघि क्यानडाको टोरन्टो विश्वविद्यालयका इपिडिमियोलोजिस्ट प्रभात झाको नेतृत्वमा भएको अध्ययनले पनि भारतमा गएको नोभेम्बरसम्म झन्डै ३१ लाख जनाको ज्यान गएको देखाएको थियो । भारत सरकारले कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको सङ्ख्या कम देखाएर महामारी नियन्त्रणमा सफलता हात पारेको झुटो दाबी गरेको अध्ययनमा उल्लेख छ ।

फ्रान्सका जनसङ्ख्याविद् गुइलमोटोले चार वटा क्षेत्रमा अलग–अलग अध्ययन गर्नुभएको थियो । अध्ययनले कोरोनाका कारण भएको मृत्यु हुने देशमा भारत पहिलो नम्बरमा रहेको पनि दाबी गरेको छ । अमेरिकामा सबैभन्दा धेरै नौ लाख ५२ हजार जनाको र दोस्रोमा ब्राजिलमा ६ लाख ४० हजार जनाको ज्यान गएको छ । भारतको सरकारी तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख १० हजार जना रहेको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया