अमेरिकालाई एल साल्भाडोरका राष्ट्रपतिको चेतावनी– ‘बिटक्वाइनको निर्णयमा हस्तक्षेप नगर’

 फागुन ५, २०७८ बिहिबार १६:४६:२६ | एजेन्सी
unn.prixa.net

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलले बिटक्वाइनलाई आधिकारिकता दिने आफ्नो देशको निर्णयमाथि हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिनुभएको छ । 

मध्य–अमेरिकी देशले बिटक्वाइनलाई राष्ट्रिय मुद्राको रूपमा मान्यता दिँदा अमेरिकामा आर्थिक जोखिम बढ्ने भन्दै अमेरिकी सांसद जिम रिच, बिल क्यासिडी र बब मेन्डेजले एक प्रतिवेदनमार्फत निर्णयमा पुनर्विचार गर्न राष्ट्रपति बुकेललाई आग्रह गरेका छन् । तर एल साल्भाडोरका राष्ट्रपति बुकेलले भने आफ्नो देश अमेरिकाको उपनिवेशनमा नरहेको र अगाडि–पछाडिको आँगन पनि नभएको भन्दै आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी सांसदहरूले एल साल्भाडोरले बिटक्वाइनलाई आधिकारिता दिँदा अमेरिकी आर्थिक नीतिलाई पनि प्रभाव पार्ने र आपराधिक सङ्गठनको गतिविधि बढ्ने भन्दै चिन्ता जनाएका छन् । तर अमेरिकी डलरको सामानान्तरमा आधिकारिक प्रयोगका लागि क्रिप्टोकरेन्सी अपनाउने पहिलो देश एल साल्भाडोरले भने आफ्नो देशको निर्णयबारे चिन्ता नगर्न अमेरिकालाई चेतावनी दिएको छ । 

बिटक्वाइनकै विषयलाई लिएर अमेरिका र एल साल्भाडोरबीचको सम्बन्धमा दरार उत्पन्न भएको पनि खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया