अमेरिकाले नेपालमा दिएको कुटनीतिक दबाबको प्रतिरोध गर्छाैँ : चीन

 फागुन ६, २०७८ शुक्रबार १७:२५:२५ | एजेन्सी
unn.prixa.net

चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविन

चीनले अमेरिकी सहयोग एमसीसी पारित गर्न नेपाललाई कुटनीतिक दबाब दिइरहेको आरोप लगाएको छ ।

चीनको परराष्ट्र मन्त्रालयले बेइजिङमा पत्रकार सम्मेलन गरी एमसीसीमार्फत अमेरिकाले कुटनीतिक दबाब दिइरहेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने बताएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताउनुभयो ।

नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविनले बताउनुभएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • DR.ram gopal tiwari

    Feb. 19, 2022, 12:42 p.m.

    MCC is against of Nepal constitution,nepali people, nepali gorkha battalion go to different countries in the world if American army will come to Nepal i think nepali peace army will be STOP UN nation to take.just divide and rule between india and china , Nepal will be use just as a center

  •  0 Reply
  • Mahesh poudel

    Feb. 18, 2022, 5:41 p.m.

    खुशी लाग्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया