मुडे चरिकोट सडक निर्माणका लागि हप्तामा तीन दिन गाडी आवागमन रोकिने

 फागुन ६, २०७८ शुक्रबार २०:४४:५९ | रासस
unn.prixa.net

दाेलखा - लामो समयदेखि अलपत्र परेको दोलखाको मुडे चरिकोट सडक खण्ड निर्माणको क्रममा बन्द हुने हुँदा हप्तामा तीन दिन गाडी आवागमन बन्द गरिने भएको छ ।

सडक कालोपत्रे गर्नका लागि विभिन्न ठाउँबाट एकैसाथ निर्माणको काम भइरहेको हुँदा गाडीलाई समस्या हुने र निर्माण कार्यमा समस्या हुने भएपछि प्रत्येक हप्ताको मङ्गलवार, बुधवार र बिहीवार तीन दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गाडी आवागमन बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलखबहादुर आलेले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय दोलखामा आज निर्माण कम्पनी, सरोकार पक्ष, राजनीतिक दल तथा सुरक्षा निकायको बीचमा भएको छलफलमा सडक तीव्र गतिमा निर्माण गर्नुपर्ने बाध्यता रहेको र दिउँसोको समयमा गाडी आवागमन रोक्ने निर्णय भएको हुँदा यस समयमा वैकल्पिक मार्गको प्रयोग गर्न आलेले गाडी चालकलाई आग्रह गर्नुभयो । 

निर्माणको जिम्मा लिएर छ वर्षदेखि अलपत्र रहेको मुडे चरिकोट सडक नागरिकको चर्को विरोधपश्चात अहिले धमाधम निर्माण भइरहेको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी ३० किलोमिटर सडक निर्माणको जिम्मा दिएको कम्पनीले छ वर्ष बितिसक्दा पनि निर्माण कार्य बीचमा नै छोडी अलपत्र पारेपछि जिल्लावासीले चर्को विरोध गरेपछि निर्माण कम्पनी काममा फर्किएको थियो । 

दुई वर्षमा सक्ने काम छ वर्षसम्म विभिन्न बहानामा तीन पटकसम्म निर्माणका लागि म्याद थप गरे पनि निर्माण हुन सकेको थिएन ।

भारतीय निर्माण कम्पनी सकिद हैदर र शङ्कर मालि सुनौलो खिम्ती जेभीले निर्माणको जिम्मा लिएकामा केही वर्षअघि पाँच किलोमिटर सडक निर्माण गरी मिटरब्याजी तथा चेक बाउन्सका कारण ठेकेदार सम्पर्कविहीन बनेको थियो।

जेभी कम्पनी रहेको र निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तथा ठेक्का सम्झौता खारेज गर्नका लागि सडक विभागले प्रक्रिया अगाडि बढाएपछि जेभीवाला अर्को ठेकेदार काममा फर्किएको छ । यो वर्षसम्म सडक निर्माण सम्पन्न गरी सक्नुपर्ने बाध्यता रहेका कारण चरिकोट मुडे बोचलगायत विभन्न ठाउँबाट धमाधम निर्माण कार्य भइरहेको छ । 
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया