हङकङमा नयाँ प्रमुख कार्यकारी छान्ने चुनाव सर्यो

 फागुन ७, २०७८ शनिबार ७:२:३२ | एजेन्सी
unn.prixa.net

हङकङमा नयाँ प्रमुख कार्यकारी छान्ने चुनाव सरेको छ । हङकङको कार्यकारी परिषद्ले मार्च २७ तारिख अर्थात आउँदो चैत १३ गतेका लागि तय भएको चुनाव मे ८ तारिखमा सार्ने प्रस्ताव पारित गरेको छ ।

नयाँ प्रमुख कार्यकारीले जुलाइ महिनामा कार्यभार सम्हाल्नेछन् । वर्तमान कार्यकारी प्रमुख क्यारी लाम दोहोरिन सक्ने वा नयाँ अनुहार आउन सक्ने दुवै सम्भावना देखिएको छ । सन् २०१७ मा सम्पन्न चुनावमा लाम निर्वाचन समितिका बाह्र सय जनामध्ये सात सय ७७ जनाको मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

परिवर्तित व्यवस्था अनुसार यसपालि १५ सय सदस्यले नयाँ नेतृत्व चयन गर्नेछन् । चुनाव सार्न परिषद्ले विद्यमान आपत्कालीन कानुनलाई आधार देखाएको छ । चीनले एक वर्षअघि हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन पनि लागू गरेको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया