बेलायतमा तीन दशकयताकै शक्तिशाली आँधी, तीन जनाको ज्यान गयो

 फागुन ७, २०७८ शनिबार ९:५१:५ | एजेन्सी
unn.prixa.net

बेलायतमा तीन दशकयताकै शक्तिशाली आँधीले तीन जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा २० र ५० वर्षका दुई जना पुरुष र एक जना ३० वर्षीया महिला रहेका छन् ।

‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ । एक सय २५ माइल प्रतिघण्टाको गतिमा आएको आँधीका कारण लण्डनका साथै पूर्वी र दक्षिण पूर्वी इङ्ग्ल्यान्डका कयौँ क्षेत्र प्रभावित भएका छन् ।

आँधीका कारण सयौँको सङ्ख्यामा उडान तथा रेल सेवा रद्द भएका छन् । कतिपय ठाउँमा रुख र बिजुलीका खम्बाहरू ढलेका छन् । आँधीकै कारण झण्डै दुई लाख घरमा विद्युत् सेवा बन्द भएको छ । सरकारले अति आवश्यक नपरि घरबाहिर ननिस्कन भनेको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया