रुस र युक्रेनबीच बढ्दो तनावका बीच लुहान्स्कमा विस्फोट

 फागुन ७, २०७८ शनिबार १०:२५:४७ | एजेन्सी
unn.prixa.net

रुस र युक्रेनबीच बढ्दो तनावकाबीच लुहान्स्कमा शक्तिशाली विस्फोट भएको छ ।

पूर्वी युक्रेनको लुहान्स्कमा ग्याँस पाइप लाइनको एक भागमा विस्फोटपछि आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुस समर्थित समूहको पकड रहेका लुहान्स्कसहित केहीक्षेत्रमा विस्फोटका घटना हुन थालेपछि युक्रेनले ती क्षेत्रका बालबालिका र महिलालाई अन्तै पठाउन सुरु गरेको छ ।

यो घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्ने अन्तिम योजनामा रहेको बताउनुभएको छ । अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कियभलाई निसाना बनाउने देखिएको बाइडेनको दाबी छ ।

रुसले अझै पनि समस्या समाधानका लागि कुटनीतिक बाटो खोज्न र रोज्न सक्ने र त्यो नै उत्तम विकल्प हुने बाइडेनले बताएका बीबीसीले उल्लेख गरेको छ । उहाँले सीमामा तैनाथ सैनिक फिर्ता गरी वार्तामा आउन रुससँग आग्रह पनि गर्नुभएको छ । तर रुसले युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ ।
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया