आगोले जलेर जुम्लामा एक जनाकाे ज्यान गयाे

 फागुन ७, २०७८ शनिबार २०:२७:५७ | रासस
unn.prixa.net

जुम्ला - जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएकाे छ। आगाेले जलेर तातोपानी गाउँपालिका–४ गिरिखोलाका २६ वर्षीय गोविन्द रोकायाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

आगो ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि घाइते भएका रोकायाको उपचारका क्रममा ज्यान गएकाे प्रहरी उपरीक्षक चन्दले बताउनुभयो । बिहीवार दिउँसो ५ बजेतिर रोकाया गाउँ नजिकको रानीजङ्गलमा बाख्रा चराउन जानु भएकाे थियाे । 

चिसोका कारण आगो बालेर ताप्ने क्रममा शरीरमा आगो लागेपछि रोकाया चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर पुगेपछि रोकायलाई उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया