भारतद्वारा अफगानिस्तानलाई पाँचौँ चरणको स्वास्थ्य सामग्री प्रदान

 फागुन ८, २०७८ आइतबार ७:२६:४२ | एजेन्सी
unn.prixa.net

भारतले अफगानिस्तानलाई पाँचौँ चरणको स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ ।

भारतले थप साढे दुई टन स्वास्थ्य सामग्री अफगानिस्तानलाई उपलब्ध गराएको समाचारसंस्था एएनआईले जनाएको छ ।

भारतले पठाएको सहयोग सामग्रीमा कपडा पनि समावेश गरिएको भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले जानकारी दिनुभएको एएनआईले जनाएको छ । उहाँले चाँडै खाद्य सहयोग पनि पठाउने बताउनुभयो ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि तालिबान सरकारले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन तर मानवीय सङ्कट बढ्दै गएपछि सहायता पठाउने क्रम चलिरहेको छ । भारतले अफगानिस्तानमा खाद्यान्न सहायता पनि पठाउन थालेको छ । अहिले अफगानिस्तानमा स्वास्थ्य सङ्कट बढ्नुको साथै खाद्य अभाव पनि चुलिएको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया