रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिको ठूलो युद्धको योजना बनाइरहेको छ : बेलायती प्रधानमन्त्री जाेनसन

 फागुन ८, २०७८ आइतबार ८:५५:१८ | एजेन्सी
unn.prixa.net

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिको ठूलो युद्धको योजना गरिरहेको बताउनुभएको छ ।

बीबीसीसँगको कुराकानीमा प्रधानमन्त्री जोनसनले अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार रुसले युरोपमा सन् १९४५ पछिको ठूलो युद्धको तयारी गरिरहेको बताउनुभएको हो । उहाँले युद्धका केही सङ्केतहरु सुरु भइसकेको भन्दै रुसको योजना सुरु भइसकेको बताउनुभयो ।

रुसले युक्रेनको राजधानी किभलाई घेरेर आक्रमण गर्ने अन्तिम तयारी गरेको प्रमाणहरु गुप्तचर निकायले प्राप्त गरेका प्रधानमन्त्री जोनसनको भनाइ छ । युक्रेनको सीमा क्षेत्रमा रुसले झण्डै एक लाख ९० हजार सेना तैनाथ गरेको पश्चिमा देशहरुले दाबी गरेका छन् ।

यस्तै युक्रेनबाट टुक्रिएको पूर्वी क्षेत्रमा ठूलो सङ्ख्यामा विद्रोही सेनाहरु रहेका छन् । रुसले तीनै विद्रोही सेनालाई भड्काएर युक्रेनमा आक्रमण गर्ने र आफू प्रवेश गर्ने योजना बनाएको अमेरिकाले बताएको छ  । विद्रोही सेनाले गराएको विस्फोटमा हिजो एक जना युक्रेनी सैनिकको ज्यान गएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमियर जेलेन्सकीले रुसी समर्थित क्षेत्रमा देखिएको घातक युद्धको सङ्केतमा उत्तेजनात्मक जवाफ नदिने बताउनुभएको छ । यसबेला दिइने सामान्य जवाफले पनि युद्ध निम्त्याउन सक्ने उहाँको भनाइ छ ।

राष्ट्रपति जेलेन्सकीले विश्व नेताहरुलाई सम्बोधन गर्दै युक्रेनले रुसी आक्रमणबाट आफूलाई बचाउने बताउनु भएको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया