ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
यूनाइस आँधीका कारण युरोपमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, बेलायत, बेल्जियम, जर्मनी र पोल्यान्ड लगायत प्रभावित भएका छन् । आँधीले रुखहरु ढल्दा सडक बन्द बनेका छन्। आँधीका कारण विद्युत् सेवा बन्द हुँदा झण्डै १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् ।
विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन प्रयास भइरहेको बीबीसीले जनाएको छ । आँधीले सडक तथा रेलमार्ग अस्तव्यस्त भएका छन् । बेलायतमा धेरैजसो रेलमार्ग बन्द भएका छन् । युरोपमा यो हप्ता असर गर्ने यूनाइस दोस्रो पटक नाम राखिएको आँधी हो ।
पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तीमा पाँच जनाको ज्यान गएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको शक्तिशाली आँधी पछि अहिलेको आँधीलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ।
आँधीको प्रभाव बढ्दै गएपछि गएराति युरोपमा रातो बत्ती बालेर चेतावनी जारी गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।