ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नबुझी विरोध प्रदर्शन नगर्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडमा सिके प्रसाईंको २८ औँ स्मृति दिवसमा आज आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसीसीबारे स्पस्ट धारणा राख्दै आएको बताउनुभयो ।
सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसीसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्भिलाे स्रोत हुने दाबी गर्दै शर्माले भन्नुभयो, ‘एमसीसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।’
उहाँले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताउनुभएको छ । उहाँले सैन्य रणनीति बाहेकका सबै देशको सहयोग स्वीकार गर्ने स्पष्ट पार्नुभयो ।
‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसीसीको प्रक्रिया अघि बढेको हो’, शर्माले भन्नुभयो, ‘प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा हुनुहुन्थ्यो । अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईँहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाईँहरू तयार हुनुहुन्छ ?’
उहाँले देशको समृद्धि र विकासका लागि सिके प्रसाईंको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Subash khadka
Feb. 20, 2022, 9:18 p.m.No no no mcc जनतालाइ प्रलोभनमा पारेर देस बेच्न पाइदैन,बरु हामी पुर्खकै पैदल र दियालोको बत्तिनै काफी छ चहिदैन हामिलाइ खोक्रो बिकास नेता ज्यु, mcc देस र जन्ताको लागि घातक हुन, जय नेपाल
आचार्य राम
Feb. 20, 2022, 5:44 p.m.सत्ता र प्रतिपक्षमा एउटै अडान भनेर किन गर्व गर्नुहुन्छ ? देशको अश्मिता र स्वाभिमानमा आँच आउँछ भने बरु बेइमान हुनुस् तर राष्ट्रघात नगर्नुस् । फेरि अर्को प्रश्न अब आउने सम्पुर्ण सहयोगलाइ सहयोग दाताले संसदिय अनुमोदन र आफ्ना शर्त तेर्सायो भने त्यतिबेला हजुर कुन मुखले बोल्नु हुन्छ ? बडो अरुलाइ नबुझी बिरोध गरे भनेर आरोप त लगाउनु भयो, तर धेरै बुद्धिजिवी र सांसदहरुले बुँदा बुँदा केश्रा केश्रा केलाएर देशको सार्वभौमिकतामा आँच आउने शब्द संशोधन गरौं भन्दा किन नहुने ? यसको जवफ नदिने दलाल नेताहरुलाइ गाउँ प्रबेश निशेध गरिनु पर्छ । व्यापक बहिश्कार र देश निकाला समेतका कडा कारवाही गरिनु पर्छ ।