पुटिन र म्याक्राेबीच टेलिफाेन वार्ता

 फागुन ८, २०७८ आइतबार २०:२२:६ | एजेन्सी
unn.prixa.net

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोबीच टेलिफोन संवाद भएको छ ।

आज आइतवार भएको टेलिफोन संवादमा युक्रेन समस्याका विषयमा कुराकानी भएको फ्रान्सको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्सले यो वार्तालाई रुस र युक्रेनबीचको लडाइँ रोक्ने अन्तिम प्रयासको रूपमा वर्णन गरेको खबरमा उल्लेख छ । 

युक्रेनमा हुन सक्ने ठूलो द्वन्द्वबाट बच्न सम्भवतः अन्तिम र अत्यावश्यक प्रयासको रूपमा आज संवाद भएको अधिकारीहरूले जनाएका छन् । 

संवादमा फ्रान्सेली राष्ट्रपति म्याक्रोले युक्रेनमा आक्रमण नगर्न र वार्ता गर्न पुटिनसँग आग्रह गर्नुभएको थियो । पुटिन र म्याक्रोबीच दुई हप्ताअघि पनि युक्रेन सङ्कटको विषयमा भेटेरै कुराकानी भएको थियो । 

आज पुटिनसँग कुराकानी गर्नुअघि राष्ट्रपति म्याक्रोले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि कुरा गर्नुभएको थियो । कुराकानीका क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले उत्तेजनात्मक सैनिक गतिविधि रोक्नुपर्ने र मस्कोसँग वार्ताको लागि तयार रहेको बताउनुभएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया