नेपाल र भारतका टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा

 फागुन ९, २०७८ सोमबार १३:४९:१ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

माेरङ – प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित 'मिल्स कप क्रिकेट' प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ ।
    
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीद्वारा आयोजित प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित खेल विराटनगर जुट मिल मैदानमा हुने छ । एकेडेमीका अध्यक्ष मुरारी चौधरीले नक आउट आधारमा टी–२० क्रिकेट प्रतियागितामा कटिहार क्रिकेट क्लब भारत, जोगबनी क्रिकेट क्लब भारत, भैरहवा क्रिकेट क्लब, जनकपुर क्रिकेट क्लब, बोस्टन क्रिकेट क्लब झापा, होराइजन क्रिकेट क्लब विराटनगर, विराट क्रिकेट क्लब एन्ड एकेडेमी विराटनगर, मिल्स क्रिकेट क्लब विराटनगर रहेको जानकारी दिनुभयो ।   

यसैगरी पूर्णिया क्रिकेट क्लब भारत, कानपुर क्रिकेट क्लब भारत, काठमाण्डाै क्रिकेट क्लब, सिरहा क्रिकेट क्लब, सुनसरी–११ क्रिकेट  क्लब, पूर्वाञ्चल क्रिकेट क्लब विराटनगर, प्याट्रिक क्रिकेट क्लब झापा, एमसीसीए विराटनगर गरी १६ टोलीको सहभागिता रहने छ ।    

प्रतियोगिताका विजयी हुने टाेलीलाई नगद एक लाख ११ हजार, दोस्रोलाई ५१ हजार रुपैयाँ र अन्य विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया